राष्ट्रसंघले हाइटीबाट फिर्ता बोलायो आफ्ना कुटनीतिज्ञ

क्यारेबियन देश हाइटीमा हिंसा बढेपछि अमेरिका सहित संयुक्त राष्ट्रसंघले त्यहाँ कार्यरत आफ्ना सबै कुटनीतिज्ञलाई फिर्ता बोलाएका छन् । सन् २०२० देखि गृहयुद्धको चेपटामा परेको हाइटीका प्रधानमन्त्रीसमेत देशमा फर्कन सकेका छैनन् । 

हिंसाका कारण सन् २०१० मा भूकम्प जाँदाको अवस्थामा जस्तै मानवीय संकट बढेको बीबीसीले जनाएको छ । हिंसाका कारण अहिलेसम्म हजारौंको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय विद्रोही समूहले प्रधानमन्त्री एरियल हेनरीले पद त्याग गर्नुपर्ने माग राख्दै आएका छन् । 

उक्त समूहले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीकै ८० प्रतिशत बढी भू–भागमा कब्जा जमाएको दाबी गरेको छ । पछिल्लो हिंसामा मृत्यु हुनेको संख्या एकिन नभए पनि अस्पतालमा शव यत्रतत्र छरिएको अवस्थामा रहेको पनि बीबीसीले जनाएको छ ।

हाइटीबाट हिंसाका कारण ३ लाख ६२ हजार मानिस विस्थापित भएका छन् । हतियारधारी समूहले राजधानीका पसल र घरमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपतकालीन अवस्था (संकटकाल) लागू गरिएको छ । 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १०:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया