नर्स हत्या प्रकरण : होटलमा मृत भेटिए प्रेमी

तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उनका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् ।

विराटनगर महानगरपालिका–४ स्थित होटल फाइनको एउटा कोठामा उनी झुन्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ । सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले खोजी गरिरहेका २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका हुन् । 

उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यहीँ उनको कोठाको शौचालयमा उनी गत शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन् ।  

घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उनको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ९:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया