आज बिहान देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस प्रदेशका थोरै स्थानमा भने चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थान तथा पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।