जाजरकोटको शिवालयमा सिभिल बैंकको शाखा

जाजरकोट– सिभिल बैंकले जाजरकोटको शिवालय गाँउपालिकामा शाखा खोलेको छ । शुक्रबार कर्णाली प्रदेशसभा सदस्य करवीर शाहीले सो शाखाको उद्घाटन गरे । 

उद्घाटन समारोहमा प्रमुख अतिथि शाही, सिभिल बैंकका प्रमुख माइक्रोबैकिंग युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मालगायत सो क्षेत्रका राजनीतिज्ञ, उद्योगी, व्यवसायी, समाजसेवी तथा तथा सर्वसाधरणको उपस्थिति थियो । 

उद्घाटनपछि बोल्दै प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य शाहीले अहिले पनि नेपालको ४० प्रतिशत जनताले मात्र बैकिंग सेवा प्रयोग गर्ने र त्यसभित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको भन्दै बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने प्रस्ट्याए । ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा वित्तीय साक्षरता अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने उनले विश्वास देखाए ।

स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोटको शिवालयमा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले खुसी व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख माइक्रोबैकिंग युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले लिएको स्थानीयस्तरमा वित्तीय पहुँच पुर्याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा सञ्चालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।



सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवासुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने गुरागाईंले बताए । 

सिभिल बैंकका हालसम्म भन्डै ३ लाख ग्राहक छन् । बैकले करिब ४४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी कर्जा लगानी गरेको छ । शिवालय शाखासहित बैंकको कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ । 
 



  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १४:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया