फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबार सार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज तोलाको एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ११:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया