नेप्सेमा दोहोरो अंकको गिरावट, सूचकसँगै कारोबार घट्यो

चार दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट छ । नेप्से परिसूचक १७.०१ अंकले घट्दै २०३१.५५ विन्दुमा आएको छ । 

कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ । गत साताको अन्तिम दिन ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । 

आज ३७ कम्पनीका सेयरमूल्य बढेको छ भने २०४ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । लगानीकर्तालाई फागु पर्वको बिदाबारे अन्योल भएर पनि कारोबार घटेको अनुमान छ । पहाडी जिल्लामा हिजो फागु पर्व थियो भने आज तराईका जिल्ला होलीको बिदा छ ।

घटेको बजारमा पनि बोटलर्स नेपाल बालाजुको सेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा आजसहित लगातार चौथो दिन पोजेटिम सर्किट छ । बोटलर्सको सेयर प्रति कित्ता १६ सय ६१ पुगेको छ भने सर्वोत्तमको ८ सय १३ रुपैयाँ पुगेको छ । बढेका अन्य कम्पनीमा धौलागिरी लघुवित्त र तारागाउँ सिजेन्सी होटल छन् ।

आज सर्वाधिक कारोबार हुनेमा गुर्खाज फाइनान्स छ । उक्त कम्पनीको २८ करोड ९० लाखको सेयर किनबेच भएको छ । यस्तै शिवम् सिमेन्टको १३ करोड ७८ लाख र सोनापुर मिनरल्सको ८ करोड १३ लाखको सेयर कारोबार भएको छ । 

१३ उमसमूहमध्ये आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै कम्पनीको सूचक घटेका छ । सर्वाधिक घटेकाको सूचीमा किसान लघुवित्त पहिलो नम्बरमा छ । किसानका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । बुद्धभूमि नेपाल हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, युनिक नेपाल लघुवित्तलगायत घटेका छन् ।  
 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १५:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया