आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरातको फराकिलो हार

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले हरायो ।  

गुजरात भने लगातार दोस्रो जित निकाल्न चुक्यो । आफ्नो दोस्रो खेलमा चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । 

उसका लागि साई सुदर्शनले ३७, ऋद्धिमान साह र डेविड मिलरले २१/२१, विजय शंकरले १२, अजमातुल्लाह उमरजाईले ११ र उमेश यादवले अविजित १० रन बनाए । चेन्नईका लागि दीपक चाहर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डेले दुई/दुई तथा डारियल मिचेल र माथीशा पाथिरानाले एक/एक विकेट लिए । 

त्यसअघि एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि शिवम दुबेले ५१, ऋतुराज गायकवाड र रचिन रवीन्द्रले ४६/४६, डारियल मिचेलले अविजित २४, समीर रिजवीले १४ र अजिंक्य रहाणेले १२ रन बनाए । 

गुजरातका लागि राशिद खानले ४ ओभरमा ४९ रन दिएर सर्वाधिक दुई विकेट लिए । यो जितपछि चेन्नईले दुई खेलबाट ४ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । गुजरात दुई खेलबाट दुई अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।  





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ६:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया