एनआरटी हराउँदै चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा
फाइल तस्बिर

चर्च ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई २–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।  

इटहरी रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले एक–एक गोल गरे । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए ।  

खेलको ३७ औँ मिनेटमा अबयोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।

मङ्गलबारको खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । प्रतियोगितामा आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार ६:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया