पूर्वमेयर पासवानसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) गंगा पासवानसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा  नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन नगर प्रमुख पासवान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण स्थलको व्यवस्था नभइ सार्वजनिक निकायले बोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत कार्य गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गराउने कार्य गरेको भन्दै अख्तियारले उनीहरू उपर एक करोड ८ लाख रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविन कुमार महतोले सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत कार्य गरेकाले सोही रकम बमोजिम बिगो दावी गरेको छ । 

यस्तै, महालक्ष्मी पाण्डेको नाममा रहेको कम्पनीको हकमा पेस्की भुक्तानी लिए पनि काम सुरु नगरेको र फिर्ता दाखिला नगरी सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको अख्तियारको ठहर छ । 





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १२:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया