निक र प्रियंका एउटै स्टेजमा

एजेन्सी– भारतमा भाइको इन्गेजमेन्ट गरिसकेको विवाह नहुने भएपछि अमेरिका फर्किएकी अभिनेत्री प्रियंका चोपडा पति निक जोनससँग लस भेगासमा एउटै मन्चमा देखिएकी छिन् । एउटा अवार्ड कार्यक्रममा एउटै स्टेजमा सँगै देखिएपछि यी दुईबीच केहीअघि देखि सम्बन्धमा खटपट भएको विषय निराधार भएको पुष्टि भएको भारतीय सन्चारमाध्यमले लेखेका छन् । 

उनीहरुले स्टेजमा गरेको पर्फमेन्सको भिडियो पनि भाइरल भएको र निकले एक अन्तर्वार्तामा आफ्नो घरमा महिलाहरुको सम्बन्ध बलियो भएको बताएको भास्करले लेखेको छ । अमेरिकी स्टेजमा पनि प्रियंकासँगै उनकी जेठानी र देउरानी पनि पुगेका थिए । यो अवार्ड समारोहमा निकका दाजुभाइले आफ्नो पर्फमेन्स देखाएको १० वर्षपछाडि हो ।





  • प्रकाशित मिति : वैशाख २२, २०७६ आइतबार ९:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया