सिभिल बैंकले गर्यो विद्यालय मर्मतकालागि सहयोग

काठमाडौं– समृद्धिको लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढिरहेको सिभिल बैंकले विद्यालय भवन तथा छत निर्माणका लागि सहयोग गरेको छ । 

यो सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले को बन्छ करोडपति कार्यक्रममा जितेको राशीमा कार्यक्रममा वाचा गरेअनुरुप पैसा थपेर सहयोग गरिएको हो । कार्यक्रममा नै गुरुङले यसरी सहयोग गर्ने वाचा गरेका थिए । को बन्छ करोडपति कार्यक्रममा चाहिँ गुरुङसँगै कलाकार सन्दीप क्षेत्री पनि सहभागी थिए ।

बिहिबार एक कार्यक्रम गर्दै पर्साको खुतुवा पर्सौनीको स्कुल नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई यो रकम हस्तान्तरण गरिएको हो । सिभिल बैंकका प्रमुख माइक्रो बैकिङ अफिसर युवराज गुरागाईंले यो रकम विद्यालयका प्रधानाध्यापक रामेश्वर प्रसाद यादवलाई सहयोग गरेका हुन् । 

विभिन्न समयमा समाजप्रति उत्तरदायित्व बहन गरिरहेको सिभिल बैंक अहिले नेपालभर ९६ शाखामार्फत् आफ्नो कारोबार चलाइरहेको छ ।





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार २०:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया