दृष्टिविहीन क्रिकेट खेलाडीलाई सम्मान

नेपाल नेत्रहीन क्रिकेट सङ्घले न्यून दृष्टि भएका तीन महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी छन् । 

सङ्घले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा तीनै जनालाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो । तीनै जनालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सम्मानित हुने भट्टराई नेत्रहीन राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान हुन् । उनले डेढ दशकदेखि नेत्रहीन क्रिकेट खेल्दै आएकी छन् । सङ्घले हरेक वर्ष साउन २२ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ । मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १५:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया