कम्युनिस्ट वा निरंकुश पार्टीको सदस्यलाई अमेरिका प्रतिबन्ध नयाँ होइनः अमेरिकी राजदूतावास
नेकपाका सदस्यहरूलाई स्वचालित रूपमा अमेरिका जान प्रतिबन्ध छैन

नेपालस्थित अमेरिकी राजदूतावासले कम्युनिस्ट वा निरंकुश पार्टीसँगको सदस्यलाई अमेरिका प्रतिबन्ध नयाँ नभएर दशकौँ पुरानो नीति भएको प्रस्ट पारेको छ । 

‘अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवासको अनसमति नदिने’ समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै दूतावासले अमेरिकी भिसा कानुनमा कुनै परिवर्तन नभएको जनाएको हो ।  

दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो भिसा कानुनमा कुनै परिवर्तन भएको छैन । वा कम्युनिष्ट पार्टीहरू वा संयुक्त राज्य अमेरिकामा बसाइँ सर्ने निरंकुश शासन प्रणालीका सदस्यहरूको बारेमा हाम्रो दशकौँ पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’ 

अमेरिकाले प्रत्येक भिसा व्यक्तिगत आधारमा न्यायसंगत तरिकाले दिने उल्लेख गर्दै दूतावासले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई स्वचालित रूपमा अमेरिका जान प्रतिबन्ध लगाइएको छैन ।’ 

अमेरिकी नागरिक तथा आप्रवासन सेवा (युएससिआइएस)ले हालसालै प्रशासनिक मार्गदर्शनलाई लिएर प्रकाशित भएका समाचारले भ्रम सिर्जना गरेको दूतावासले जनाएको छ । सन् १९५२ मा अमेरिकी कंग्रेसले पारित गरेको राष्ट्रियता ऐनमा मानिसहरूलाई कम्युनिस्ट वा कुनै अन्य निरंकुश पार्टीसँगको सदस्यताको आधारमा संयुक्त राज्य अमेरिका बसाइसराइ गर्न प्रतिबन्ध लगाएको थियो ।

नेपालको बहुदलीय प्रजातन्त्रको पनि सम्मान गर्दै र निर्वाचित सरकार र जनतासँग द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र लोकतन्त्रलाई सुदृढ पार्ने कार्य विगत ७३ वर्षदेखि गर्दै आएको दूतावासले स्मरण गराएको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १८:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया