चितवनमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुष छन् । 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको मंगलबार साँझ ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

कात्तिक ३ गते श्वासप्रश्वासको समस्या भएर अस्पताल भर्ना भएका उनलाई कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । 

अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार २०:४४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया