अमेरिकी निर्वाचन: बाइडेनलाई बधाई दिन पुटिनले ट्रम्पको मुद्दा कुर्ने

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई विश्वभरका नेताहरुले बधाई दिइरहेका छन् । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । 

पछिल्लो समय अमेरिकी निर्वाचनमा रुसको पनि प्रभाव हुनसक्ने भनिरहेको समयमा उनको कुनै पनि प्रतिक्रिया नआउनुलाई विश्वमा अचम्मका रुपमा लिइएको छ । 

अब पुटिनले बधाई दिन किन ढिलाइ गरिरहेका छन् भन्ने प्रश्न उठ्न थालेको छ । 

यसैबीच बिबिसीले यही प्रश्न पुटिनका प्रवक्ता दिमित्री पेस्कोभलाई राखेको छ । 

‘त्यहाँ औपचारिक रुपमा यसबारे घोषणा भएको छैन,’ उनले भनेका छन् । यतिमात्र होइन, उनले डोनाल्ड ट्रम्पले अहिले हालेको मुद्दाको पनि फैसला होस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

त्यसो त यसअघि पनि अमेरिकी निर्वाचनहरुलाई विश्वले औपचारिक निर्णय नआउँदासम्म स्वीकार गर्ने गरेको छैन । 



अहिले ट्रम्पले अमेरिकामा आफ्नो हार स्वीकार गरेका छैनन् । तर, विश्वभरका नेताहरुले बाइडेनलाई बधाई दिइसकेका छन् ।



  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १८:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया