अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजामा एक किसिमले डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितिसकेका छन् । उनले आवश्यक भन्दा धेरै इलेक्टोरल कलेज भोट ल्याएर आफू निर्वाचित भएकाले राष्ट्रपतिका रुपमा काम गर्ने प्रक्रिया पनि सुरु गरेका छन् ।
तर, धाँधली गरेर उनले जितेको आरोप राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका छन् । उनले विभिन्न राज्यमा आफूलाई परेका मत नै नगनिएको आरोप लगाएका छन् ।
त्यही राज्यमध्ये एक थियो, जर्जियामा । जर्जियामा यसपटक २८ वर्षपछि डेमोक्रेटिक पार्टीका उम्मेदवारले जित निकालेका थिए । तर, अब त्यहाँ पुन गणना गर्ने भइएको छ ।
जर्जियाका अधिकारीहरुले पनि २६ सय ब्यालोट गर्न बिर्सिएको बताएका छन् । यीमध्ये अधिकांश रिपब्लिकन अर्थात् ट्रम्प समर्थक ब्यालोट रहेको बताइएको छ ।
जर्जियामा १४ हजार ब्यालोटले मात्र बाइडेनले ट्रम्पलाई पछाडि पारेका छन् । यो भनेको ०.३ प्रतिशतको फरक हो । त्यसैले त्यहाँ फेरि मत गणना हुन थालेको हो । फेरि मतगणना भए पनि त्यहाँ ट्रम्प अगाडि आउने सम्भावना निकै कम भएको बिबिसीले समाचार प्रकाशन गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।