प्रधानमन्त्री भेट्न चिनियाँ रक्षामन्त्री बालुवाटारमा

नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । एकदिने नेपाल भ्रमणमा रहेका  वेइले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

आइतबार बिहान काठमाडौं उत्रिएका वेइ फेङ्हे चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा भाग लिएर सैनिक मुख्यालय पुगेका थिए । 

सैनिक मुख्यालयमा उनलाई नेपाली सेनाले  सलामी अर्पण गरी सम्मान गरेको थियो ।  त्यसपछि वेइ प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट वार्ता गरेका थिए । प्रधानमन्त्रीसँग को भेटपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी  वेई स्वदेश फर्कने कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १७:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया