सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराले दिए राजीनमा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । 

केन्द्रमा पार्टी विभाजन भएर दुई समूह बनेपछि दोधारको स्थितिमा रहेका मन्त्री बोहराले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको बताउँदै राजीनामाको घोषणा गरेका हुन् । 

राजनीतिक परिस्थितिका कारण काम गर्न असहज बनेको भन्दै राजीनामा दिएको पत्रकार सम्मेलनमा मन्त्री बोहोराले बताए ।

प्रचण्ड–माधव समूहको बाहुल्य रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले यसअघि पनि एक मन्त्रीलाई पदबाट हटाएका थिए ।
 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १६:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया