बन्दहडताल नगर्न निजीक्षेत्रको आग्रह

पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल (प्रचण्ड–माधव) समूहले गरेको आमहडताल​को निजीक्षेत्रले विरोध गरेको छ । कोरोना महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र हडतालजस्ता गतिविधिले जोखिममा पार्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले तत्काल यस्ता राजनीतिक गतिविधि रोकी स्थिरता कायम गर्न आग्रह गरेका हुन् ।

निजी क्षेत्रका तीनवटै छाता संगठनले एक विज्ञप्ति जारी गरी बन्द हड्तालका कुनै कार्यक्रम नगर्न आग्रह गरेका हुन् । विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर असर पार्नेसमेत निजी क्षेत्रको ठहर छ ।

बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्ने भन्दै निजीक्षेत्रले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका छन् । 

नयाँ संविधान निर्माणपश्चात् आर्थिक विकासलाई प्राथमिकतामा राखी सबै राजनीतिक दलले बन्द, हडताल, चक्काजाम लगायतका गतिविधि नगर्ने प्रतिवद्धता गरेको समेत निजी क्षेत्रले स्मरण गराएको छ ।

अहिलेको कठिन परिस्थिति, विगतका अनुभव समेतलाई गम्भीर रूपमा मनन गरी मुलुकलाई थप संकटमा नधकेल्न निजी क्षेत्रका सबै संगठनले  राजनीतिक दलहरुलाई अपिल गरेको छ ।





  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १४:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया