फेरियाे पाैडेलकाे बाेली : संयुक्त आन्दोलनबारे सोचिएको छैन, अदालतको फैसला मान्छौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गरेका छन् । शनिबार दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक कारणले कांग्रेसलाई सो अवसर प्राप्त भएको बताएका हुन् ।
 
देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिँदै उनले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए । ‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ,’ पौडेलले भने । 

कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ नेता पौडेलले झण्डै दुईतिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको बताए । 

आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा आफूहरु रहेको भन्दै संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उनले माघ मसान्तभित्र क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्ने बताए । 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १६:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया