एनएनआइपिए स्पोटर्स अवार्ड : गौरिका र मण्डेकाजी सर्वोत्कृष्ट खेलाडी

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गरेको  स्पोटर्स अवार्ड अन्तर्गत महिलातर्फ पौडीकी गौरिका सिंह तथा पुरुषतर्फ कराँतेका मण्डेकाजी श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अवार्ड कार्यक्रम शनिबार भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा भएको थियो । 

गौरिकाले गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) ४ स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण हात पारेकी थिइन् । मण्डेकाजीले सागमा नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए ।

सर्वोकृष्ट घोषित हुने दुवै खेलाडीले जनही १–१ लाख प्राप्त गरेका छन् ।

प्रतिभावान खेलाडीको अवार्ड महिलतर्फ  तेक्वान्दोकी आयशा शाक्य र पुरुषतर्फ फुटबलका सुजल श्रेष्ठलाई प्रदान गरिएको छ । 

आयशाले सागमा नेपाललाई दोहोरो स्वर्ण दिलाएकी थिइन् । सुजलले पनि सागमा  स्वर्ण जितेको फुटबल टोलीको कप्तानी गरेका थिए ।

प्रतिभावान खेलाडी घोषित हुनेले जनही ५०–५० हजार प्राप्त गरे । 



उदीयमान खेलाडीको अवार्डबाट महिलातर्फ कुस्तीकी संगीता धामी तथा पुरुषतर्फ गल्फका सुवास तामाङलाई सम्मानित गरियो ।

संगीताले सागमा नेपाललाई कुस्तीबाट पहिलो स्वर्ण दिलाएकी थिइन् । सुवासले पनि सागमा नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए ।



अवार्डमा पहिलोपटक समावेश गरिएको यो विधाबाट सम्मानित हुने दुवै खेलाडीले जनही ५०–५० हजार प्राप्त गरे ।

  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १८:५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया