अरनिको कप महिला क्रिकेट प्रतियोगिताका विजयी खेलाडी सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले गत फागुनमा पोखरामा सम्पन्न ३ दिवसीय अरनिको कप महिला क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई सम्मान गरेको छ । 

संघले सोमबार एक कार्यक्रम गर्दै विजेता टिमलाई सम्मान पत्र सहित ३० हजार नगदले सम्मान गरेको हो ।

बागमती प्रदेशको प्रतिनिधित्व गरेको डिएससी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको थियो ।

कार्यक्रममा नेपाल कांग्रेसका युवा नेता गगन थापाले यस्ता सम्मान कार्यक्रमले खेलाडीको मनोबल उच्च बनाउने भएकाले सरकारले पनि बढीभन्दा बढी खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने बताए । 

संघका बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले बागमती प्रदेश भित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रोत्साहनका निम्ति सम्मान कार्यक्रम आयोजना भएको र यसलाई निरन्तरता दिइने बताए ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १७:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया