धनगढीको मार्की खेलाडीमा विशाल राई

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले राष्ट्रिय टोलीका मिड फिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको छ ।

धनगढीका मालिक सुवास शाही र विशालले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता रकम भने गोप्य राखिएको छ ।

मार्की खेलाडी घोषित भएपछि विशालले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए  । 

विशाल पछिल्लो समय मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । २०७६ मा मछिन्द्रले ‘ए’ डिभिजन लिग उपाधि हात पार्दा उनी उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।  

सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका विशालले नेपालका लागि १९ खेल खेल्दा ३ गोल गरेका छन् ।

विशाल नेपालले बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग) तथा एएफसी सोलिडारिटी कप जित्दा टोलीको मुख्य सदस्य थिए । 



नेपाल स्पोर्टस् म्यानेजमेन्टले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज फुटबल लिगमा ७ टोलीको सहभागिता रहनेछ । 

लिगमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, बुटवल–लुम्बिनी एफसी र पोखरा थन्डर्सको सहभागिता रहनेछ ।



आगामी वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा हुने प्रतियोगिता सिंगल राउन्ड रोविनाका आधारमा सञ्चालन गरिनेछ ।

  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १८:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया