एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिक पक्राउ

एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौंपरिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो।

उनले ज्याठास्थित मेगा बैंकको एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट मोबाइल ४ थान, विभिन्न किसिमका १० वटा चाबीसहितको झुप्पा १ थान, विभिन्‍न बैंकको १० थान एटिएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार १९:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया