आदर्श मिश्रालाई पितृशोक
पिता विनोद मिश्राको साथमा आदर्श

‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका आदर्श मिश्रालाई पितृशोक परेको छ । 

आदर्शका पिता विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनी विगत चार वर्षदेखि मिर्गौलाको बिरामी थिए ।  

उनलाई सोमबार राति उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्याइएको थियो । विनोदको हप्तामा दुईपटक मिर्गौलाको डायलसिस गराउँदै आइएको थियो । 

आदर्शले अस्पताल बसाइको दिकदारी र उपचारमा सरकारको उदासीनताबारे केही साताअघि बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १९:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया