जाजरकोटमा बाढी–पहिरोका कारण दुई सय भेडा मरे

जाजरकोटमा अत्यधिक वर्षापछि आएको बाढी–पहिरोका कारण दुई सयभन्दा बढी भेडा मरेका छन् । जिल्लाको माथिल्लो भेगमा जेठ ३१ गतेदेखि असार ३ गतेसम्म आएको अविरल वर्षाका कारण आएको बाढी–पहिरोमा परी अस्मीता भेडा फार्मका एक सय ६० र डिल्लीबहादुर शाहीका ५० गरी दुई सय १० भेडा मरेका हुन् । 

निरन्तरको वर्षाका कारण सातजना मानिस बेपत्ता भएकामा केही दिनपछि उनीहरुको सकुशल उद्धार भएको थियो । 

दुवै समूहका गरेर झण्डै ३१ लाख ५० हजार भन्दा बढी मूल्यबराबरका भेडा मरेको अस्मीता भेडा फार्मका सञ्चालक नवराज शाहीले बताए । अस्मीता भेडा फार्म कुशे गाउँपालिकाको माथिल्लो भेग जुम्ला सिमानातर्फको पाटनमा छ ।   

सञ्चालक शाहीले कुशे गाउँपालिकामा राहतका लागि निवेदन दिएका छन् । तर, स्थानीय सरकारको जवाफले निरास बनेको उनले बताए । ‘स्थानीय सरकारले हामी केही गर्न सक्दैनौँ, प्रदेश सरकारमा जानुस् भनेको छ,’ उनले भने, ‘अहिले मुचुल्कासहित जिल्ला प्रशासनमा आएका छौँ । अब प्रशासनको आदेशअनुसार थप प्रक्रियामा लाग्नेछौँ।’ 

सञ्चालक शाहीको फार्ममा पहिले दुई सयभन्दा बढी भेडा रहेकोमा अहिले ४० भन्दा कम भेडा रहेका छन् । 





  • प्रकाशित मिति : असार १२, २०७८ शनिबार २१:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया