टोकियो ओलम्पिक : भारतको हक्की टिम ४९ वर्षपछि सेमिफाइनलमा

जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा भारतको हक्की टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ । भारतको हक्की टोली सेमिफाइनलमा पुग्न सफल भएको छ । 

आइतबार भएको खेलमा बेलायतलाई ३–१ ले हराउँदै भारत सेमिफाइनलमा पुगेको हो। 

भारतको हक्की टोलीले यसअघि सन १९८० को मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । त्यो ओलम्पिकमा ६ टोली समावेश थिए । राउण्ड रोबिन आधारमा भएको खेलमा शीर्ष स्थानमा रहेका २ टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यो प्रतियोगितामा सेमिफाइनलको चरण नै थिएन । 

यसअघि १९७२ को म्युनिख ओलम्पिकपछि भारतको हक्की टोली सेमिफाइनलमा पुगेको हो । ४९ वर्षपछि ओलम्पिकमा भारत हक्कीको सेमिफाइनलमा पुगेको हो । भारतले फाइनलमा लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्ने भएको छ । बेल्जियम स्पेनलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

अर्काे सेमिफाइनल खेल अस्ट्रेलिया र जर्मनबीच हुनेछ । 



टोकियो ओलम्पिकमा भारतले अहिलेसम्म १ रजत र १ कास्य पदक जितेको छ । 



  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार ७:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया