चलचित्र विकास बोर्डले सरकारसँग माग्यो ५० करोड

चलचित्र विकास बोर्डले सरकारसँग ५० करोड मागेको छ । चलचित्रकर्मीलाई राहत दिन भन्दै बोर्डले सरकारसँग उक्त रकम माग गरेको हो । कोरोनाका कारण लामो समय ठप्प रहेको चलचित्र उद्योगका चलचित्रकर्मी लगायत चलचित्र घरलाई पनि राहत दिनु पर्ने बोर्डले जनाएका छ।

निर्माण भएर प्रदर्शन रोकिएका चलचित्रलाई १५ करोड, चलचित्र घरलाई ३० करोड र श्रमजीवी चलचित्रकर्मीको दैनिक जीवनयापनका लागि भन्दै ५ करोड रुपैयाँ राहत दिनु पर्ने बोर्डका सदस्य प्रकाश भट्टले जनाए ।

बोर्डले ३४ चलचित्र निर्माण पुरा भई प्रदर्शन रोकिएर बसेको तथ्यांक सार्वजनिक गरेको छ । उक्त चलचित्रका लागि १५ करोड माग गर्दै निर्माताको जोखिम न्यूनीकरण तथा प्रदर्शनमा आउन प्रोत्साहित गर्न यो रकम माग गरिएको बोर्ड सदस्य भट्टराईले जानकारी दिए ।

२ वर्षदेखि बन्द सिनेमा हल खुलाउनका लागि ३० करोड माग गरिएको भट्टराईको भनाइ छ । त्यसैगरी बोर्डले न्यून आय भएका श्रमजीवीको दैनिक जीवनयापनका लागि राहत घोषणा गर्न भन्दै ५ करोड माग गरेको हो । 





  • प्रकाशित मिति : साउन २६, २०७८ मंगलबार ११:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया