नेपाल भ्रमणमा रहेका भाजपा नेताले भने : हिन्दु राष्ट्रबारे नेपालमा जनमतसंग्रह हुनुपर्छ

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका नेता डा दिनेश उपाध्यायले हिन्दु राष्ट्रका विषयमा नेपालमा जनमतसंग्रह गरिनुपर्ने बताएका छन् । 

नेपाल भ्रमणमा रहेका उपाध्यायले बुधबार एक साक्षात्कार कार्यक्रममा जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको बताए । 

नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने उनको भनाइ थियो । 

नेपालको राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पार्दै उनले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताए । 

नेपाल र भारतबीच खुला सिमाना रहेकोले केही समस्या देखिएको भन्दै उपाध्यायले यसलाई सामान्य रुपमा लिन आग्रह गरे । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया