संसद सुचारु गर्न सभामुखले पहल गर्नुपर्छ : गिरिराजमणि पोखरेल
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले संसदलाई सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई सुचारु रुपमा चलाउन सभामुख र जनप्रतिनिधिको पहलको आवश्यक रहेको बताएका हुन् ।

सांसद पोखरेलले कोरोना, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकोले संसद सुचारु गर्न सबैको सहजता आवश्यक रहेको बताए ।

‘कोरोना, निर्वाचन, चाडबाडको बेला छ, लिपुलेक, लिम्पियाधुराको समस्या त्यत्तिकै छ, एमालेले लगातार संसद अवरोध गरिरहेको छ, यसरी कसरी निकास मिल्छ? जनताका समस्या जहाँको त्यहीँ छन्,’ उनले भने ।

सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताए ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १९:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया