एमसीसीलाई लिएर विवाद बढिरहेका बेला अमेरिकी सहायक विदेश मन्त्री आज काठमाडौँ आउँदै

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपाल भित्र प्रमुख राजनीतिक दलहरु विभाजित भइरहेका बेला दुई शिर्ष अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउन लागेका छन् । 

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आफ्नो दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौँ आउँदै छन् । 

काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । उनले केही सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन समेत गर्नेछन् । 

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि भने बिहीबार काठमाडौँ आउँदै छिन् । उनले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने जनाइएको छ । 

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि उनीहरुको भ्रमण हुन लागेको हो । कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूलाई उनीहरुलाई सम्बोधन गर्ने दूतावासले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ११:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया