स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । 

स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।  निवर्तमान अर्थमन्त्रीसमेत रहेकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन् । 

संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए । उनको भन्दा धेरै मत उनको  विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन् । नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए । मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १९:३२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया