चित्रकारितामा नारी उत्पीडन

भद्रपुर– देही आर्टले पूर्वी नाकाको प्रवेशद्वार काँकडभिट्टाको देवकोटा पार्कमा दुईदिने चित्रकला प्रदर्शनी गरेको छ । हरेकवर्ष आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो श‌ृंखला हो ।

‘अन्तस्करण’ शीर्षकमा भएको प्रदर्शनीमा देही आर्टका १७ जना प्रशिक्षार्थीको ४५ चित्रकला राखिएको आयोजक देही आर्टका प्रमुख एवं चित्रकार छितेन शेर्पाले जानकारी दिए । पारिवारिक समस्या, नारी उत्पीडन र पीडालाई चित्रकारितामा सुन्दर ढ‌गले प्रस्तुत गरिएको परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल पोर्तेलले बताइन् । 

मेचीनगर–१० का वडाध्यक्ष ललित तामाङले देशी आर्ट, रिडर्स झापा र परिवर्तन थिएटर जस्ता संस्थाको सिर्जनात्मक गतिविधिले काँकडभिट्टाको प्रतिष्ठा बढेको बताए ।प्रदर्शनीमा राखिएका चित्र एक्रोलिक, वाटर कलर, पेन्सिल कलर र बल पेन्ट पोइन्ट प्रकृतिका रहेका छन् । 

शनिबारदेखि सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने र अपरानह्न समीक्षा बैठक गरिने बताइएको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १३:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया