मस्तिष्कको व्यायाम गर्ने पाँच तरिका

१. मन लागेका कुरा लेखौँ

मस्तिष्कको व्यायाम गर्ने सबैभन्दा सहज तरिका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेकाे कुरा सम्झिरहन्छ । यो युवा र बालबालिका सबैमा काम गर्छ । लेखाई पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ ।

२. पाक कक्षामा सहभागी बनौँ

खाना बनाउँदा शरीरका कैयौँ इन्द्रियले काम गरिरहेको हुन्छन् । खाना बनाउँदा गन्ध, स्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन् । साथै खाना बनाउँदा स्मरण शक्तिसमेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ । फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ ।

३. नयाँ-नयाँ साेख राखौं

नयाँ सिप र नयाँ नयाँ साेख पाल्नु भनेको दिमागलाई एक प्रकारले व्यायाम नै हो । सिर्जनशील साेखहरू जस्तै, गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ नयाँ तरिकाले व्यायाम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन् । अझ वाद्यवादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायाम हो । जो बच्चामा वाद्यवादनमा रुचि र सोख छ उसले अरु बालबालिकाले भन्दा फरक तरिकाले आवाजहरू सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ । यसकारण तपाईहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यबादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत साेखको विकास गर्न सक्नुहुन्छ । जसले तपाईको मस्तिष्क सक्रिय मात्रै होइन समाजको पनि भलाइ हुन्छ ।



४. कोठेपद मिलाउने कोसिस गर्नुहोस्

खेल तथा पज्जल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ । यसले भविष्यमा हुनसक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ । यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पज्जलहरू मिलाउन कोसिस गर्नुहोस् । साथै सुकुडु, क्युव मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायाम हुन्छ । 



५. नयाँ भाषा सिक्नुहोस्

सुन्दा अचम्म लाग्न सक्छ नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायाम हुन्छ भनेर । तर, यो सत्य हो कि नयाँनयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन् । किनकी भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नु पर्छ । जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ । विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिमसमेत कम हुन्छ । कुनै नयाँ शब्द पहिचान र भण्डारण गर्न मस्तिष्क सक्रिय बन्ने गर्छ ।   

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १८:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया