हलिया, कमैया र हरुवा–चरुवाको न्यायिक पुनःस्थापनामा सहयोग गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् । 

कृषि बधुवा मजदुर अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भुगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनःस्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने जनाए । 

श्रेष्ठले पछाडी पारिएका वर्ग समुदायको उत्थान, पुनःस्थापना, रोजगारीसँग जोडिएका विषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आवश्यकता, रुची र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आयआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । 

बलपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताउँदै उनले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाए । 

एमाले सांसद शान्ता चौधरीले कमैया, कम्लरी र हलियाका रूपमा दुःख पाएकाहरू मुक्त भएपछि पनि न्यायिक पुनःस्थापना प्रभावकारी हुन नसकेको बताइन् ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, राष्ट्रिय मुक्त हलिया समाज महासंघ, कमैया महिला जागरण समाज, राष्ट्रिय हरुवाचरुवा अधिकार मञ्च, बाध्यकारी श्रम निर्मुलन पैरवी समुहका प्रतिनिधिहरुले कमैया, कमलरी तथा हलिया प्रथाको मुक्तिको घोषणापछि न्यायिक पुनःस्थापना प्रभावकारी हुन नसकेको बताएका थिए ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १५:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया