भारतमा रहेका नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनु पर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली कामदारहरुको समस्यालाई सम्वोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको जानकारी उनले दिए । 

वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । 

कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने समेत उनले जनाए । 

विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रबासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनु पर्ने उनले बताए ।



वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । आ.ब. २०५०/०५१ देखि २०७७/०७८ सम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका ५६ लाख ६४ हजार श्रमिकले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । 

कूल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत छ । ब्यबस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र सम्वृद्धि हासिल गर्ने मन्त्री श्रेष्ठले बताए ।



  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १६:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया