आगामी साता राष्ट्रिय फुल कन्ट्याक्ट कराते हुने

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औँ राष्ट्रिय पुरुष तौल समूह तथा १६औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सातै प्रदेशबाट ८० पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सबै विधामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र प्रदान गरिनेछ ।

आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले सबै मार्सल आर्टको प्रबल पक्षलाई समेटेर वज्रको प्रतिपादन गरिएको बताउँदै प्रतिभाशाली खेलाडीलाई संघले आफ्नै खर्चमा बन्द सिविरमा राख्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने योजना रहेको बताए ।

आयोजकका अनुसार दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुनेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइनेछ ।





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १७:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया