मन्त्री रेणु यादवको बचाउ गर्दै जसपाले भन्यो– सिके राउतका क्रियाकलाप उद्दण्ड, अभद्र, अशोभनीय र आपराधिक

जनता समाजवादी पार्टी, नेपालले गैरजिम्मेवार अभिव्यक्ति दिने आफ्नै पार्टीकी मन्त्री रेणु यादवको विज्ञप्तिमार्फत बचाउ गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै 
जसपाले सिके राउतका क्रियाकलाप उद्दण्ड, अराजनीतिक, अभद्र, अशोभनीय र आपराधिक भएको दाबी गरेको छ । 

आफ्नै पार्टीको मन्त्रीको अभिव्यक्ति विवादमा परे पनि जसपाले मन्त्रीको अभिव्यक्तिका सन्दर्भमा भने कुनै प्रतिक्रिया दिएको छैन । मन्त्री यादवले गौ घटना दोहोर्याउने भन्दै सिके राउतविरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । अधिकांशले यस्तो अभिव्यक्ति दिने मन्त्रीले राजीनामा गर्नुपर्ने बताउँदै आएका छन् । 

जसपाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादव गत बुधबार गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्‍याउने धम्की दिएकी थिइन्। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन्, ‘तुफानसँग नटकराउनुस्। नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो।’

२०६३ चैतमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले माओवादीका २७ कार्यकर्ताको बीभत्स हत्या गरेका थिए।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १९:४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया