मानवअधिकार आयोगले मन्त्री रेणुु यादवसँग लियो स्पष्टीकरण

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले उत्तेजनापूर्ण अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले उनीसँग स्पष्टीकरण मागेको छ। 

मधेस आन्दोलनका सहिदको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा जनमत पार्टीका कार्यकर्ताले आफूलाई अवरोध गरेपछि मन्त्री यादवले सोही प्रकृतिको हत्याकाण्ड हुन सक्ने विवादित अभिव्यक्ति दिएकी थिइन्। 

मन्त्री यादवले दिएको अभिव्यक्ति र यसबाट सिर्जित अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । 

आयोगले बिहीबार मन्त्री यादवलाई आयोगमा बोलाएर उक्त घटनाको विषयमा विस्तृत जानकारी लिएको हो । 

जवाफमा मनत्री यादवले श्रद्धाञ्जलीसभामा आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको र हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको स्पष्टीकरण दिएकी थिइन्।  





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १७:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया