वेस्ट इन्डिजविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा
फाइल फाेटाे

वेस्ट इन्डिजविरुद्ध तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्डले आफ्नो टोली घोषणा भएको छ ।

इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले महत्वपूर्ण खेलाडीलाई बाहिर राख्दै जो रुटको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हाे ।

वेस्ट इन्डिज जाने टोलीमा एसेज सिरिज खेलेका जेम्स एन्डरसन, स्टुआर्ट ब्रोड, डेविड मलान, साम विलिङस, जोस बटलरजस्ता खेलाडी समावेश छैनन् ।

सविक महमुद, म्याथ्यु फिसर, एलेक्स लिस, बेन फोक्स र म्याट पार्किन्सनले टोलीमा मौका पाएका छन् । 

टेस्ट सिरिज मार्च १ देखि सुरु हुनेछ । 

इंग्ल्यान्डको टोली :



जो रुट (कप्तान), बेन स्टोक्स, मार्क उड, क्रिस वोक्स, जोनी बेरिस्टो, ज्याक क्राउली, म्याथ्यू फिसर, बेन फोक्स, डान लरेन्स, ज्याक लिच, ओली रोबिन्सन, एलेक्स लिस, सकिव महमूद, क्रेग ओभरटन, म्याट पार्किन्सन र ओली पोपे  



  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ११:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया