अमेरकी पत्रकारको दाबी- ट्रम्प किम जोङसँग सम्पर्कमा छन्

अमेरिकी पत्रकार तथा लेखिका म्यागी हेबरम्यानले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर काेरियाका शासक किम जाेङसँग सम्पर्कमा रहेकाे दाबी गरेकी छन् ।

उनीले ट्रम्पले आफ्ना सहयोगीहरूलाई उत्तर कोरियाली नेता किम जोङसँग सम्पर्क भइरहेकाे बताएकाे पनि जनाएकी छन् ।

पत्रकार हेबरम्यानले आफ्नो पुस्तकमा किम एकमात्र विदेशी नेता हुन् जससँग ट्रम्प सम्पर्कमा रहेको बताएकी छन् । तर, सत्यता पुष्टि हुन नसकेकाले यो दाबी गलत हुनसक्ने उनको भनाइ छ। 

सन् २०१८ मा ट्रम्पले किमसँगकाे आफ्नो सम्बन्ध केही पत्र आदानप्रदान पछि सुधार भएकाे बताएका थिए । तर, यसका बाबजुद पनि ट्रम्पले उत्तर कोरियासँगको आणविक सम्झौता गर्न असफल भए।

आफ्नो नयाँ पुस्तक ‘द कन्फिडेन्स म्यान’ मा बोल्दै न्युयोर्क टाइम्सकी पत्रकार हबरम्यानले सिएनएनलाई भनिन्, ‘हामीलाई थाहा छ कि ट्रम्पलाई यो सम्बन्ध धेरै मनपर्थ्यो ।’ 

‘उनी (ट्रम्प) के भन्छन् र वास्तवमा के भइरहेको छ भन्ने कुरा सधैं महत्त्वपूर्ण हुँदैन, तर उनले किम जोङसँग कुनै पत्राचार वा सञ्चार कायम राखेका छन् भनेर मानिसहरूलाई बताइरहेका छन्’,उनले थपिन् । 





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ११:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया