मधेस-तराईमा आज होली पर्व मनाइँदै
फाइल तस्बिर

नेपालको तराई क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा बिहीबार नै फागु अर्थात् होली मनाइए पनि तराईमा भने आज मनाइँन लागिएको हो । होली पर्वको अवसरमा सरकारले आज मधेस–तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

नेपालमा भौगोलिक संरचना र मान्यताअनुरूप फागुपूर्णिमा मनाउने प्रचलन छ । स्थानअनुसार मनाइने फागुपूर्णिमाको नाम पनि फरकफरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ को रूपमा यो पर्वलाई चिनिन्छ।

कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ । यसअघिका दुई वर्ष कोरोना संक्रमणको कारण होली पर्व खल्लो भएको थियो । गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । होलीका नाममा उच्छृङ्खल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो । 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार ७:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया