नेकपा एसका प्रवक्ता भन्छन्– कांग्रेससँग नभए माओवादी र जसपासँग गठबन्धन हुन्छ

नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आगामि स्थानीय तथा संघीय र प्रदेश निर्वाचनमा नेपाली कांग्रेससँग नभए पनि जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको चुनावी एकता हुने बताएका छन् । 

पछिल्लो समय सत्तारुढ पाँच दलीय गठबन्धनमा चुनावी गठबन्धन गर्ने या नगर्ने विषयमा व्यापक छलफल हुन थालेको छ ।

कांग्रेसका केही नेताहरुले चुनावमा गठबन्धन गरेर जान नहुने तर्क गर्दै आइरहेका छन् । कांग्रेसले आज बोलाएको केन्द्रीय कमिटी बैठकमा यस विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ ।

जनकपुरधाम पुगेका खतिवडाले चाहिँ आगामि तीनै तहका निर्वाचनमा कांग्रेस गठबन्धनमा नआए पनि माओवादी केन्द्र र जसपासँग आफ्नो पार्टीको गठबन्धन हुने बताएका हुन् ।

उनले अबको केही दिनमा गाउँगाउँमा नेकपा एकीकृत समाजवादी पार्टी पुग्ने पनि दाबी गरेका छन् । हेर्नुहोस्, भिडियोः 





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १२:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया