पोखरामा ९ मत खोज्दै पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन
फाइल तस्वीर

पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । 

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । यहाँ एमालेका उम्मेदवार तीन मतले पराजित भएका थिए । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाएका थिए ।

मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । तर, पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १३:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया