झापामा दुई मेयरका उम्मेदवारको मत शून्य

स्थानीय तह निर्वाचन २०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै, ११ नगरप्रमुख/अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मत मात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्रतर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।

त्यस्तै, शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र)ले सात मत, बिर्तामोड अञ्चल धिमाल (नेपाल लोकतान्त्रिक पार्टी)ले छ मत, कमलका नारायणप्रसाद रिजाल (मौलिक जरोकिलो पार्टी)ले आठ मत, दमकका देउकुमार राई (किराँत खम्बूवान साझा पार्टी)ले नौ मत, दमकका कृष्ण राया (लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले छ मत, दमकका नेत्रजङ्ग थापा (स्वतन्त्र)ले छ मत, दमकका नीलकण्ठ सापकोटा (स्वतन्त्र) पाँच मत र दमककै कृष्ण खनाल (स्वतन्त्र) ले तीन मत पाएका छन् ।

त्यस्तै, गौरीगञ्ज–२ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गणेशबहादुर कार्की र शिवसताक्षी–७ बाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर लिम्बूले एक/एक मत पाएका छन् ।

जिल्लामा ९६१ उम्मेदवारको जमानत जफत भएको छ । जिल्लामा विभिन्न पदमा गरी दुई हजार ७८६ जनाले उम्मेदवारी दर्ता गएका थिए । तीमध्ये प्रमुख/अध्यक्षमा ८३, उपप्रमुख/उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ र महिला, दलित, खुला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार १०:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया