प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ८ बाट उम्मेदवारी दिने रन्जु दर्शनाको तयारी

आगामि प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुले आआफ्नो घोषणा सुरु गरिसकेका छन् । यहीबीच प्रतिनिधि सभा निर्वाचनमा रन्जु दर्शनाले पनि उम्मेदवारी दिने तयारी गरेकी छिन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएकी दर्शनाले त्यति बेला २० हजारभन्दा बढी मत ल्याएकी थिइन् । तत्कालीन विवेकशील नेपाली दलमा आवद्ध उनले पछिल्लो समय यो दलमा विवाद देखिएपछि दलबाट अलग भएको घोषणा गरेकी थिइन् ।

अब हुने प्रतिनिधिसभा निर्वाचनमा चाहिँ उनले स्वतन्त्र उम्मेदवार भएर चुनावमा जाने योजना बनाएको उनीनिकटहरुले तयारी सुरु गरेका छन् । यसअघि साझा विवेकशील पार्टीमा नै रहेका पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । 

यसपटकको स्थानीय तह निर्वाचनमा दर्शना र पुकार बम दुवैले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गरेका थिए । 

‘स्वतन्त्र उम्मेदवारी दिने भएकाले घोषणा पनि अब छिट्टै हुन्छ,’ दर्शनासँग नजिक रहेर काम गरिरहेका विवेकशीलका एक सदस्यले भने, ‘हामीले त्यसको तयारी गरेका छौँ । केही दिनमा उम्मेदवारी घोषणा हुन्छ ।’





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १७:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया