इच्छाराज तामाङ मुद्दा प्रकरण : न्यायाधीश राजकुमार कोइराला निलम्बित

१० करोड घुस मागेको अडियो टेप प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो केही दिनअघि बाहिरिएको थियो । 

सो विषयमा छानबिन गर्न न्यायपरिषद बैठकले छानबिन समिति गठन गरेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

राजपत्रमा प्रकाशित सूचनामा ‘न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको’ उल्लेख छ ।





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया