दुईदिने नेपाल भ्रमणमा के-के गर्दैछन् अमेरिकी सहायक विदेशमन्त्री लु ?

संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन् ।

उनी बिहीबार साँझ काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । उनी दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् । उनले यसअघि गत मंसिरमा पनि नेपालको भ्रमण गरेका थिए ।

उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै, नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ ।

उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने बताइएको छ । 

दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि उनले यस क्षेत्रको भ्रमण गरेका हुन् । 



सहायक विदेशमन्त्री लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने छ । 

उनी काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने छन् ।



त्यहाँ सीमान्तकृत व्यक्तिहरू र शोषणबाट ज्यान जोगाएकाले स्थापना गरेको कम्पनी पूर्णालाई उनी अवार्ड वितरण गर्नेछन् ।

यसै वर्ष अमेरिकी विदेशमन्त्रीको तर्फबाट दिइएको कर्पोरेट एक्सिलन्स अवार्ड उक्त संस्थालाई दिने घोषणा गरिएको थियो ।

  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १८:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया