प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको उनको घरमा सोमबार राति चोरी भएको हो । 

चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीका अनुसार बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको हो ।

चारको विषय अनुसन्धान लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी शाहीको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७९ बुधबार ११:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया