मोरङ कारागारमा रहेका एक कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा एक कैदीबन्दीको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना भएका ५४ वर्षिय मानबहादुर खपाङ्गीको मङ्गलबार बेलुका मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।

तेह्रथुम आठराई गाँउपालिकाका खपाङ्गी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेको निमित्त जेलर भगतले बताए ।

उनका अनुसार खपाङ्गीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । यसक्रममा खपाङ्गीले तेह्रथुम कारागारमा २ वर्ष बिताइसकेका थिए ।  





  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार १२:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया